मनसुन क्रमशः क्षीण हुँदै

डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

मुलुक निर्वाचनमय भएको छ : आयुक्त तुलाधर

काठमाडौँ । निर्वाचन आयुक्त डा जानकी तुलाधरले मुलुक स्थानीय तह निर्वाचनमय भएको बताउनुभएको छ । नेपाल मतदाता अधिकार मञ्चद्वारा आज आयोजित निर्वाचन प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटनमा उहाँले निर्वाचनको मिति नजिकिएसँगै दायित्व र जिम्मेवारी बढिरहेको धारणा व्यक्त गर्नुभयो । आयुक्त तुलाधरले भन्नुभयो, “निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय तुल्याउन आयोग अघि बढेको छ, प्रशिक्षणले मतदाताको अर्थपूर्ण सहभागिता र बदर मत घटाउन योगदान दिनेछ ।” 

पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचनलाई विश्वासनीय र शुद्धता कायम गर्न तथा मतदानका समयमा हुने मनोवैज्ञानिक त्रास हटाउन सबै पक्ष मिलेर काम गर्न आवश्यक भएको बताउनुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समय सामाजिक सञ्जाल सूचना प्रवाह गर्ने सन्दर्भमा बरदान र अभिसाप दुवै भएको छ, हाम्रो जस्तो मुलुकमा अफवाह र हल्लाका आधारमा धेरै काम हुने गर्छ, सत्य र असत्यको परीक्षणपछि मात्र सूचना दिँदा निर्वाचनलाई स्वतन्त्र, स्वच्छ र भयसहित तुल्याउन सकिन्छ ।” 

निर्वाचनका समयमा प्रवाह हुने भ्रमपूर्ण सूचना र दुष्प्रचारलाई रोक्न इन्टरनेटमा जोडिएको ठूलो सङ्ख्याका मतदातालाई समयमै सजग र सेचत गराउन आवश्यक रहेको बताउँदै उहाँले मित्थ्या समाचारले लोकतन्त्रलाई चुनौति, मतदातालाई अन्योल र उम्मेदवारको चरित्र हत्यामा असर गर्ने भएकाले त्यसप्रति सरकार र सबै पक्ष गम्भीर हुन जरुरी रहेको धारणा व्यक्त गर्नुभयो ।

आयोजक संस्था नेपाल मतदाता अधिकार मञ्चका उपाध्यक्ष निर्मला शर्माले निर्वाचनको बेला सूचना प्रविधिको प्रयोग सदुपयोग र दुरुपयोगको गहन अध्ययन र विश्लेषण गरी सकारात्मक पक्षलाई आत्मसात गर्न आवश्यक रहेको बताउनुभयो । 

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  ७ : ४७ बजे