‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

पुटिन स्मार्ट, अमेरिकी नेता लाटा : डोनाल्ड ट्रम्प

मस्को – अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प्ले रुसी राष्ट्रपति भ्लादमिर पुटिनलाई ‘स्मार्ट’ र अमेरिकी नेताहरुलाई लाटा भनेका छन् । रुसी सेनाले युक्रेनमाथिको हमला तीव्र पारिरहेका बेला ट्रम्पले यस्तो टिप्पणी गरेका हुन् । युक्रेनी हमलाको अमेरिका र उसको पश्चिमा गठबन्धनले विभिन्न प्रतिबन्ध लगाउँदै आएका छन् ।

‘हिजो मलाई सञ्चारकर्मीहरुले राष्ट्रपति पुटिन स्मार्ट हुन त भनेर सोधेका थिए । मैले उनी निश्चय नै स्मार्ट हुन भनेर जबाफ दिए,’ फ्लोरिडामा कन्जरभेटिभ पोलटिकल एक्सन कन्फरेन्स (सीपीएसी) मा एउटा भेलालाई सम्बोधन गर्दै उनले भने । 

उनले अगाडि थपे, ‘समस्या यो होइन कि पुटिन स्मार्ट छन्, जो पक्कै पनि स्मार्ट छन्, तर वास्तविक समस्या यो हो कि हाम्रा नेताहरू मूर्ख छन् । ’

एजेन्सी

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  २ : ५३ बजे