काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल एमसीसीको पक्षमा लागेपछि नेकपा समाजवादीमा पहिरो जान सुरु भएको छ ।
आइतबार संसद भवनमा एकीकृत समाजवादीले एमसीसीको पक्षमा मत दिएपछि झापा बिर्तामोडका भिष्म पौडेलले नेकपा समाजवादीबाट अलग भएको घोषणा गर्नुभएको छ । नेकपा (एस) झापाका प्रभावशाली नेता पौडेलले पार्टीनै एमसीसीको पक्षमा उभिएपछि पार्टी परित्यागको घोषणा गर्नुभएको हो ।
आज विहान सामाजिक सञ्जाल मार्फत नेता पौडेलले नेकपा एसबाट अलग भएको घोषणा गर्नुभएको छ । पौडेलले आठ दिनअघि नै पार्टी एमसीसीको पक्षमा उभिए पार्टी परित्याग गर्ने बताउदै आउनुभएको थियो ।
झापा जिल्लामा नेकपा एसको संगठन विस्तारमा सक्रिय भूमिका निर्वाह गरिरहेका पौडेलले पार्टी परित्याग गरेसँगै उहाँ लगायत पार्टीका अन्य सहकर्मीहरु पनि पार्टी परित्याग गर्ने मोडमा पुगेका छन् ।
प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार ११ : ५७ बजे
प्रतिक्रिया