काठमाडौँ । बानेश्वरस्थित संसद् भवनअगाडि शङ्कास्पद वस्तु भेटिएको छ ।
संसद् भवनको सीधा अगाडि सडकको बीच भागमा तारले बेरेको अवस्थामा ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर भेटिएको हो ।
अहिले त्यस क्षेत्रमा सुरक्षा निगरानी बढाइएको छ । त्यो वस्तु बम भए र नभएको पहिचान गरी डिस्पोज गर्न सेनाको विशेष टोलीलाई खबर गरिएको प्रहरी बताएको छ ।
शङ्कास्पद वस्तु भेटिएसँगै मुख्य सडक अहिले बन्द गरिएको छ ।
प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार ११ : ३२ बजे
प्रतिक्रिया