‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

जर्मनी र स्विडेनपछि युरोपेली युनियनले पनि दियो युक्रेनलाई हतियार

किभ ।  रुसी सेनाको वायु तथा स्थल हमलालाई काउन्टर दिन युरोपेली देशहरूले युक्रेनलाई हतियार सहयोग गर्ने भएको छ । 

किभको अनुरोधमा इयुले लडाकु जेट पठाउने तयारी गरेको ईयुका विदेश नीति प्रमुख जोसेप बोरेलले बताएका छन् । 

''हामीहरूले लडाकु जेटसमेत प्रदान गर्न लागिरहेका छौँ । हामी केबल हतियारको मात्र कुरा गरिरहेका छैनौँ । युक्रेनलाई युद्धमा जान आवश्यक अझै बढी महत्त्वपूर्ण हतियार प्रदान गरिरहेका छौ,'' पत्रकार सम्मेलनमा उनले भने । 

यसअघि युक्रेनका विदेश मन्त्री दिमित्रो कुलेबाले आफ्नो देशलाई युक्रेनी सेनाले सञ्चालन गर्न सक्ने खालका लडाकु विमानहरू आवश्यक भएको र केही सदस्य राष्ट्रहरूसँग त्यस्ता विमान भएको बताएका थिए । जर्मनीले युक्रेनलाई मद्दत गर्न १ हजार एन्टि–ट्याङ्क हतियार र भूमिबाट वायुमा मार हान्न प्रयोग हुने स्टिङगर ५ सय थान पठाएको छ । 

त्यस्तै, स्विडेनले पनि युक्रेनलाई हतियार सहयोग प्रदान गरेको छ । सन् १९३९ मा हिटलर र स्टालिनले फिनल्याण्डमा आक्रमण गरेपछि स्विडेनले पहिलो पटक युद्ध क्षेत्रमा हतियार पठाएको  हो ।

राष्ट्रसङ्घ अन्तर्गतको शरणार्थी सम्बन्धी निकायले रुसी हमलामा दसौँ हजार विस्थापित भएको जनाएको छ । अधिकांश मानिस पोल्यान्डमा शरण लिइरहेका छन् । 

त्यसबाहेक हंगेरी, रोमानिया, मोल्डोभा र स्लोभाकियामा आश्रय खोजिरहेका छन्। यसैबीच, क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसले युद्धबाट बच्न नागरिकहरूलाई कोरिडोर बनाउन आह्वान गरेका छन् ।एजेन्सी

 

 

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  १० : ३४ बजे