हेलम्बुका दर्जनौँ युवाहरू एमालेमा प्रवेश 

​​​​​​​सिन्धुपाल्चोक  । सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउँपालिकाका एक दर्जन युवाहरू रामचन्द्र कालिराजको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरी नेकपा (एमाले) प्रवेश गरेका  छन्।

आफूहरू संलग्न नेपाली काँग्रेस र नेकपा (माओवादी) ले हेलम्बु गाउँपालिकामा विकास निर्माणमा कुनै ध्यान नदिएर भ्रष्टाचारमा लिप्त भएको बताउँदै विनोद दर्नाल, राजकुमार बि.क., दावा लामा, दावा दोर्जे लामालगायत युवा एमालेमा प्रवेश गरेका हुन ।

उनीहरूले आफूहरू संलग्न नेपाली काँग्रेस र नेकपा (माओवादी) ले हेलम्बु गाउँपालिकामा विकास निर्माणमा कुनै ध्यान नदिएर भ्रष्टाचारमा लिप्त भएको र राष्ट्रघाती  अमेरिकी सहयोग परियोजना  एमसिसि सम्बन्धी सम्झौता संसद्बाट अनुमोदन गराएकोले आफूहरू राष्ट्रवादी नेता कमरेड केपी ओलीले नेतृत्व गर्नु भएकोको पार्टी नेकपा (एमाले) प्रवेश गरेको नव प्रवेसीहरुले बताउनुभएको छ ।

नेकपा (एमाले) सिन्धुपाल्चोक जिल्ला कमिटी सचिवालय  सदस्य एवम् हेलम्बु गाउँपालिका सह इन्चार्ज दावा लामा ह्योल्मोले पार्टी प्रवेशका लागि संयोजन गर्नुभएको थियो । 

बौद्धमा भएको सो पाटी प्रवेश  कार्यक्रममा नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला कमिटी सचिवालय सदस्य एवम् हेलम्बु इन्चार्ज फुर्पा लामा ह्योल्मो र जिल्ला कमिटी सचिवालय सदस्य एवम् प्रदेशसभा निर्वाचन  समन्वय २(ख) का  संयोजक अर्जुन कुमार भण्डारीको समेत उपस्थिति रहेको नेकपा (एमाले) हेलम्बु वडा नम्बर २ वडा कमिटीका अध्यक्ष दीपक सुनारले बताउनुभयो ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  १० : १० बजे