‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

आगामी २४ घण्टा युक्रेनका लागि महत्त्वपूर्ण : राष्ट्रपति जेलेन्स्की 

किभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आगामी २४ घण्टा युक्रेनका लागि निकै महत्त्वपूर्ण हुने बताउनुभएको छ । 

बेलायती प्रधानमन्त्री बोरिस जोनसनसँगको टेलिफोन वार्तामा राष्ट्रपति जेलेन्स्कीले देशभर युद्ध चलिरहेकोले आगामी २४ घण्टा युक्रेनका लागि निकै महत्त्वपूर्ण हुने बताउनुभयो । 

टेलिफोन वार्तामा प्रधानमन्त्री जोनसनले रुसको अतिक्रमणपछि जेलेन्स्कीको नेतृत्वको प्रशंसा गर्नुभएको थियो ।  प्रधानमन्त्री जोनसनले बेलायत र उसका साझेदारहरूबाट युक्रेनलाई प्रदान गर्ने रक्षात्मक सहायता सुनिश्चित गर्न बेलायतले सक्दो प्रयास गर्ने बताउनुभएको थियो । दुई नेताबीच निकट सम्पर्कमा रहने समझधारी समेत भएको छ । 

यसैबीच, रुसी सेनाले युक्रेनको दोस्रो ठुलो सहरमा हमला गरेको प्राप्त विवरणहरूमा जनाइएको छ ।

यसअघि रुसी राष्ट्रपति भ्लादमिर पुटिनले आफ्नो सेनाको परमाणु बललाई उच्च सतर्कता रहन निर्देशन दिनुभएको थियो । उहाँले  नेटोको  “आक्रामक व्यवहारमा सतर्क रहन निर्देशन दिनुभएको हो ।

 

 

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  ८ : १४ बजे