‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

युक्रेनको दोस्रो ठूलो सहर खार्किभ पस्यो रुसी सेना

मस्को । रुसी सेना युक्रेनको दोस्रो ठूलो सहर खार्किभ प्रवेश गरेको छ । सेना खार्किभ छिरेपछि स्थानीयलाई घरभित्रै बस्न भनिएको छ । यसअघि रुसी सैन्य गाडी खार्किभको सडकमा गुडेका भिडियो सार्वजनिक भएका थिए । 

खार्किभ क्षेत्रीय प्रशासनका प्रमुख ओलेग सिनेगुबोभले रुसी सैन्य हतियारसहित छिरेको बताए । ‘आफ्नो वासस्थान नछोठ्नुहोस् । युक्रेनको सशस्त्र सेनाले शत्रुलाई पराजित गर्दै छन्,’ उनले भनेका छन् ।

राजधानी किभ ढाल्ने प्रयास बिफल भएपछि रुसी फौज खार्किभ प्रवेश गरेका हुन् । आइतबार सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडियोमा रुसी सेना पूर्वीयुक्रेनमा रहेको खार्किभतर्फ बढिरहेको देखिन्छ । एउटा नाटकीय क्लिपमा रुसीहरू बिस्तारै सडकमा अगाडि बढ्दै गोली हानेको देख्न सकिन्छ । 

अनलाइनमा सेयर गरिएको अर्को भिडियो क्लिपमा  रुसी फौजको भनिएको एउटा गाडीमा आगो लागेको देख्न देखिन्छ ।  आफ्नो सहर रक्षा गर्न चाहने युक्रेनले गाडीमा आगो लगाएको स्थानीयले जनाएका छन् । 

 

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  २ : १२ बजे