डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

नेताको उर्दी पछि माओवादी कार्यकर्ताले छाडे बानेश्वर

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा  कार्यकर्ताले एमसीसीविरुद्धको आन्दोलन गर्न छाडेर प्रदर्शनस्थल नयाँबानेश्वर छाडेका छन् । 

एमसीसी सदनबाट अनुमोदन गराउन नहुने माग राखेर केही दिनयता प्रदर्शन गर्दै आएका माओवादी नेता कार्यकर्ताहरूले  एमसीसीकाे समर्थन गर्दै आइतबारबाट विरोध नगर्ने भएका छन् ।
 । माओवादीले व्याख्यात्मक टिप्पणीसहित एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेपछि कार्यकर्ताहरूले पनि प्रदर्शन नगर्ने भएका हुन् । 

बानेश्वर क्षेत्रमा अहिले माओवादीबाहेक राप्रपा, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहितका राजनीतिक दल र संघ संगठन विरोध प्रदर्शनमा उत्रिएका छन् । 

एमसीसीमाथि छलफल गर्न आइतबार प्रतिनिधिसभाको बैठक बस्दै छ ।  
 

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  १ : ५९ बजे