‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

राष्ट्रिय गान गाउँदै भग्नावशेष पन्छाउदै युक्रेनी महिला

​​​​​​​न्युयोर्क – रुसी सेनाहरूले युक्रेनी शहरहरूमा तोप र क्रुज मिसाइलहरू प्रहार गरिरहेका बेला प्रतिकूलताबीच शक्ति र धैर्यका मन छुने कथाहरू सामाजिक सञ्जालमा भाइरल भएका छन् ।

आफ्नो राष्ट्रिय गानमा शक्ति देखेका अधिकांश भिडियो सार्वजनिक भएका छन् । एउटा  भाइरल भिडियोमा आँसुले भरिएकी एक महिला मिसाइल आक्रमणपछि क्षतिग्रस्त आफ्नो आवासीय भवनबाट भग्नावशेष सफा गरिरहेको देख्न सकिन्छ ।

युक्रेनी राष्ट्रिय गान गाउदै उनले आफ्नो क्षतिग्रस्त झ्यालबाट सिसाका टुक्राहरू उठाएको भिडियोमा देख्न सकिन्छ । भिडियोको अन्त्यतिर उनी उकुसमुकस भए जस्तो अनुभूति गर्छिन् । 

गत राती युक्रेनका एक कूटनीतिज्ञले सार्वजनिक गरेको अर्को भिडियोमा राजधानी किभबाहिरको भागमा तुरही बजाउँदै एक जना युक्रेनको राष्ट्रिय गान गाएको देख्न सकिन्छ । मानिसहरुले चर्कोसँग ‘युक्रेनको कीर्ति’ भन्ने नारा लगाएर भिडियो अन्त्य हुन्छ ।

‘किभको बाहिरी इलाकाहरू आक्रमणकारीहरूको लागि पर्खिरहेका छन् । अचानक, कसैले तुरहीमा युक्रेनी गान बजाउँ । र सबै ठाउँबाट सुनिन्छः ‘युक्रेन को महिमा’ । ’, अस्ट्रियाका लागि युक्रेनका पूर्वराजदूत ओलेक्सएन्डर शेर्बाले भने । 

युक्रेनी सेनाको अप्रत्याशित प्रतिरोधका कारण रूसी सैन्य बल सुस्त र निराश भइरहेको छ एक अमेरिकी रक्षा अधिकारीहरुले जनाएका छन् ।

एजेन्सी

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  १ : १४ बजे