डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

एमालेले आजपनि प्रतिनिधिसभाको बैठकमा अवरोध कायमै राख्ने

काठमाडौं । नेकपा एमालेले आइतबारको प्रतिनिधिसभा बैठकमा पनि अवरोध कायमै राख्ने भएको छ ।

सत्ता गठबन्धनको बैठकले व्याख्यात्मक घोषणासहित प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन गर्न लागिरहेका बेला प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद्मा अवरोध कायमै गर्न लागेको हो । एमालेले संसदीय दलका उपनेता सुवास नेम्वाङले आज पनि संसद अवरोध जारी रहने बताउनुभयो ।

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले पनि सरकारले एमालेका माग सम्बोधन गर्न कुनै पहल नगरेकाले यसअघिको विरोधलाई कायमै राखिने बताउनुभयो ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  १२ : २९ बजे