डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

एमसीसी आजै पारित गर्न सत्तारुढ गठबन्धन तयार

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकमा संसदबाट आजै एमसीसी पारित गर्ने सहमति जुटेको छ ।

बालुवाटारमा सम्पन्न बैठकले व्याख्यात्मक टिप्पणीसहित आजै एमसीसी सम्झौता अनुमोदन गर्ने निर्णय गरेको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिनुभयो । पौडेलले संसदको आजै बस्ने दोस्रो बैठकले एमसीसी पारित गर्ने बताउनुभयो ।

एमसीसी इन्डोप्यासिफिक रणनीतिअनुसार नरहेको, नेपालको संविधानभन्दा माथि नरहेको र यो विशुद्ध आर्थिक विकास सहयोगको रुपमा मात्र बुझ्छौँ भनेर व्याख्या गर्दै पारित गर्ने निर्णय गरेको पौडेलले जानकारी दिए । 

आइतबार बस्ने प्रतिनिधिसभाको दोस्रो चरणको बैठकबाट एमसीसी पारित गर्ने जानकारी दिँदै नेता पौडेलले भने, ‘आजै दोस्रो सेसनमा एमसीसी पारित हुन्छ ।

बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेस महामन्त्री गगन थापा, नेतात्रय रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र पूर्णबहादुर खड्का, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी थिए ।  

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  १२ : ०६ बजे