एमसीसीबारे सहमति गर्न गठबन्धनको बैठक बालुवाटारमा बस्दै

 
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा एमसीसीबारे सहमति गर्न सत्तागठबन्धनमा आवद्ध दलका शीर्ष नेताको बैठक बस्दैछ ।  विहान १० बजे बैठक बस्न लागेको हो ।

 बैठकमा सरकारले संसदमा पेश गरेको एमसीसी बारे छलफल हुने भएको छ।  बैठकमा सहभागी हुन कांग्रेस नेताहरु बालुवाटार पुगिसक्नुभएको छ । 
आज दिउसो १ बजे संसद बैठक बस्दैछ । 

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ९ : ५२ बजे