दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

बागलुङ नगरपालिकाद्वारा शव वाहन हस्तान्तरण

गलकोट । बागलुङ नगरपालिकाले शव वाहन खरिद गरेर धवलागिरि अस्पताललाई हस्तान्तरणको छ । 

आफन्तको मृत्युमा दुःख परेको समयमा शव ओसारपसारका लागि समस्या नहोस् भन्नका लागि नगरपालिकाले शव वाहन खरिद गरेर सञ्चालनका लागि अस्पताललाई हस्तान्तरण गरेको नगरप्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । 

नगरपालिकाको रु १२ लाख २० हजार र धवलागिरि अस्पतालको रु दुई लाख गरी रु १४ लाख २० हजारमा कर छुट गरी शव वाहन खरिद गरिएको हो । बिरामी बोक्ने एम्बुलेन्समै शव बोक्नुपर्ने समस्या भएपछि  नगरपालिकाले शव वाहन खरिद गरेर शनिवार सो अस्पताल हस्तान्तरण गरेको छ । 

शव वाहन सञ्चालनमा ल्याएपछि शव व्यवस्थापनमा निकै सहज हुने धवलागिरि अस्पतालका  प्रमुख मेडिकल सुपरीटेण्डेन्ट डा शैलेन्द्र विक पोखरेलले बताउनुभयो ।

“नगरपालिका र अस्पतालबीच शव वाहन सञ्चालन कार्यविधि बनाएर शव वाहन सञ्चालनमा ल्याइने छ”, उहाँले भन्नुभयो । रासस

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ७ : ०७ बजे