‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

किएभमा साँझ ५ बजेदेखि कर्फ्यू

किएभ ।युक्रेनकाे राजधानी किएभमा   किएभका नगर प्रमुख भिताली क्लित्स्कोले साँझ ५ बजेदेखि बिहान ८ बजेसम्म कर्फ्यू आदेश जारी गरेका छन्।

यसअघि राति १० बजेबाट बिहान ७ बजेसम्म कर्फ्यू लागु गरिएको थियो।

ट्विट गर्दै क्लित्स्कोले भनेका छन्, “कर्फ्यूको समयमा सडकमा देखिने जोकोही सर्वसाधारणलाई शत्रु समूहको सदस्य मानिनेछ।”

अहिलेसम्म १९८ युक्रेनीको मृत्यु'

युक्रेनका स्वास्थ्यमन्त्रीले रुसले आक्रमण गरेपछि अहिलेसम्म १९८ जना युक्रेनी नागरिकको मृत्यु भएको जानकारी दिएका छन्।

आफ्नो फेसबुक पेजमा लेख्दै भिक्टोर ल्याश्कोले रुसी आक्रमणका कारण थप १,११५ जना घाइते भएका र तीमध्ये ३३ जना बालबालिका भएको उल्लेख गरेका छन्।

रुसी पानीजहाज फ्रान्सको नियन्त्रणमा

फ्रान्सको जलसेनाले रुसको सेन्ट पिटर्सबर्ग जाँदै गरेको मालवाहक पानीजहाज इङ्लिश च्यानलमा रोकेको छ।

रुसमाथि युरोपेली सङ्घले लगाएको नयाँ प्रतिबन्धअनुसार उक्त जहाज रोकेर अर्को ठाउँतिर पठाइएको फ्रेन्च अधिकारीहरूले बीबीसीलाई बताएका छन्।

“कार ढुवानी गरिरहेको १२७ मिटर लामो बल्टिक लीडर नाम गरेको रुसी पानीजहाज राति नै जलसेनाले रोकेर उत्तरी फ्रान्सको बन्दरगाहमा लगिएको छ,” ती अधिकारीले भनेका छन्।

“युरोपेली सङ्घले प्रतिबन्ध लगाएका मस्कोका कम्पनीको जहाज भएको आशङ्कामा नियन्त्रणमा लिइएको हो। फ्रेन्च सीमा सुरक्षा बलले अहिले कार्गो जहाजको अनुसन्धान गरिरहेका छन्।”

जहाज रोकिएको बारे रुसी दूतावासले फ्रान्ससँग स्पष्टीकरण मागेको रुसको आरआईए समाचारसंस्थाले जनाएको छ।

बीबीसीबाट

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ५ : ५८ बजे