डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

बालकोटमा एमाले–कांग्रेसका नेताहरूबीच छलफल हुँदै : देउवा –ओली  भेटघाट साँझ ५ बजे मात्र 

काठमाडौं । अमेरिकी अनुदान परियोजना (एमसिसी( पारित गर्न सहमति खोज्न प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच आज अपराह्न ५ बजे भेट हुने भएको छ ।

आज दिउँसो ३ बजे नै देउवा र ओलीबीच भेटवार्ता तय भएको थियो। तर, कांग्रेस नेताहरू आन्तरिक छलफलमा बसेका हुनाले बैठक ५ बजेलाई सारिएको हो। उक्त बैठकभन्दा पहिले ४ बजे कांग्रेस र एमालेका शीर्ष नेताहरूबीच बैठक बस्ने  छ। बैठकका लागि एमाले नेताहरू बालकोट पुगिसकेका छन्।

भोलि (आइतबार) प्रतिनिधिसभाको बैठक बोलाइएको छ। एमसिसी पारित गर्नका लागि सत्तारूढ गठबन्धनमा सहमति हुन नसकिरहेका बेला कांग्रेस र एमालेबीच सघन छलफल चलिरहेको छ।
 

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ४ : ०५ बजे