डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

डुंगामा बसेर धेरै फुर्ती नलगाउनु, यात्रा उलटफेर हुन सक्छ : अध्यक्ष ओली 

काठमाडौं  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा आफू अनुकूलको प्रधानन्यायाधीशमार्फत सेटिङ गरेर एमालेविरुद्ध आक्रमण गर्न गठबन्धनले प्रधानन्यायधीशविरुद्ध महाभियोग ल्याएको बताउनुभएको द्ध । 
शनिवार एमाले निकट कानून व्यवसायीहरूको भेलालाई काठमाडौंमा सम्बोधन गर्नुहादै ओलीले सर्वोच्च अदालतले स्वेच्छारी निर्णय गर्दै जाँदा न्यायपालिका ध्वस्त भएको बताउनुभयो । उहाँले अहिले चलेन्द्रसम्शेर विरुद्घ महाअभियोग लगाउनु पनि एमाले माथिकै आक्रमण गर्न भएको बताउनुभयो । 

 ‘एमालेविरुद्ध ल्याइएको महाभियोग हो । एमाले एमालेविरुद्धको आक्रमण हो । हामीले गरेको नियुक्ति सोत्तर पार्ने रणनीतिअन्तर्गत आएको हो ।’

ओलीले एमालेविरुद्ध कसैले फुर्ती नलगाउन भन्दै चेतावनीसमेत दिनुभयो । उहाँले भन्नुभयो, ‘हामी पानीमै छौं । डुंगामा बसेर धेरै फुर्ती नलगाउनुहोस् । यात्रा उलटफेर हुन सक्छ ।’ 

क्रिकेटमा छक्का हान्दा बल दर्शकदीर्घामा पुगेजस्तो महाभियोगलाई जनताको बीचमा पुर्‍याइदिने  ओलीले चेतावनी दिनुभयो ।  

‘हामीले भनेकै प्रधानन्यायाधीश चाहिन्छ भनेर सेटिङ गर्ने ? अदालतमा व्यापक ट्रिमेन्ट चाहिएको छ । सबैको खुट्टा मर्किएको छ । तर, एउटाको खुट्टामा मलम लगाएर सबैको खुट्टा कसरी ठीक हुन्छ ?,’ ओलीले भन्नुभयो । 
एकजना प्रधानन्यायाधीशलाई महाभियोग लगाएर अदालतमा देखिएको विकृति सुधार नहुने ओलीको भनाई थियो ।  ‘सुधार नै गर्ने हो भने प्रधानन्यायाधीश २० प्रतिशत मात्रै हो । अरू ८० प्रतिशत सुधारका कुरा पनि ल्याउनुहोस् अनि विचार गरौँला,’ ओलीले भन्न्ुभयो । 

एमालेलाई व्यक्ति चोलेन्द्र शमसेर वा अरु कुनै न्यायाधीशसँग सरोकार नरहेको समेत ओलीले प्रष्ट पार्नुभयो । उहाँले बार एशोसियसनका पदाधिकारी र वकिलहरुले प्रचण्ड र माधवका कार्यर्कता मात्र भएको बताउनुभयो । उहाँले यस्ता व्यक्तिहरु साँझा संस्थामा नबस्दा नै ठिक हुनेब ताउनुभयो । ‘आँखामा फुलो परेको मान्छे संस्थाको नेतृत्वमा नबस्नुहोस्, फुलो परेको छ भने आँखाको अप्रेशन गरेर आउनुहोस्,’ ओलीले भन्नुभयो । 

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  २ : १८ बजे