प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच आज पुनः भेटवार्ता हुँदै

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता हुने भएको छ । 

पछिल्लो राजनीतिक घटनाक्रम र संसद्मा प्रस्ताव भएको अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा थप छलफल गर्ने गरी भेटवार्ता हुन लागेको हो ।

प्रधानमन्त्री देउवाले अध्यक्ष ओलीलाई उहाँकै निवास बालकोटमा भेट्ने कार्यक्रम तय भएको बताइएको छ । उहाँहरू ३ बजेपछि भेटघाट हुँदैछ ।

केही दिनयता प्रधानमन्त्री देउवा र प्रमुख प्रतिपक्ष दलका नेता ओलीबीच पटक पटक भेटवार्ता भइरहेको छ । यसअघि भएका भेटवार्ताका विषयलाई निष्कर्षमा पुर्‍याउने गरी आज पुनः भेटघाट हुन लागेको जनाइएको छ ।

 

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  १२ : १६ बजे