एमसीसीबारे संस्थागत निर्णय गर्न माओवादीलाई प्रधानमन्त्री देउवाको अल्टिमेटम

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना (एमसीसी)बारे संस्थागत धारणा बनाउन नेकपा माओवादी केन्द्रलाई अल्टिमेटम दिनुभएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री देउवाबीच शुक्रवार भएको भेटमा प्रधानमन्त्री देउवाले एमसीसीबारे संस्थागत धारण बनाउन आग्रह गर्नुभएको हो ।

प्रधानमन्त्री देउवाले आज दिउँसो तीन बजे सम्ममा पार्टीको संस्थागत धारण सार्वजनिक गर्न प्रचण्डलाई अल्टिमेटम पनि दिनुभएको छ।

प्रधानमन्त्रीको अल्टिमेटमपछि प्रचण्डले आजै पार्टीमा छलफल चलाउने प्रतिबद्धता जनाउनुभएको छ । स्रोतका अनुसार उहाँले आजै पार्टीमा छलफल चलाएर निर्णय लिने बताउनुभएको छ ।

 

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  १२ : ०७ बजे