अखिल नेपाल महिला सङ्घ काठमाडौँको अध्यक्षमा सरिता दाहाल

काठमाडौँ । अखिल नेपाल महिला सङ्घ (अनेमसंघ) काठमाडौँको आठौँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । 

अनेमसंघ केन्द्रीय अध्यक्ष थममाया थापाको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनले सरिता दाहालको अध्यक्षतामा १ सय २५ सदस्य अनेमसंघ काठमाडौँ जिल्ला समिति चयन गरेको छ ।

सम्मेलनले उपाध्यक्षमा बसन्ती श्रेष्ठ, सचिवमा भगवती गौतम, कोषाध्यक्षमा हिरा थापा मगरलाई चयन गरेको छ । 

सम्मेलनमा अनेमसंघका सचिव सुजिता शाक्य, सुशीला नेपाल, जिल्ला इन्चार्ज रत्न गुरुङलगायतको सहभागिता रहेको थियो । 

 

​​​​​​​

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ८ : ०८ बजे