‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

दिवङ्गत वडाध्यक्षको स्मृतिमा खुल्ला भलिबल प्रतियोगिता

अर्घाखाँची । सन्धिखर्क नगरपालिकाको वडा नं ८ का दिवङ्गत वडाध्यक्षको स्मृतिमा खुल्ला भलिबल प्रतियोगिता आयोजना भएको छ ।

कोभिडको कारण दिवङ्गत भएका वडाध्यक्ष ईश्वरी प्रसाद भुसालको स्मृतिमा आयोजना गरिएको प्रतियोगिताको लुम्बिनी प्रदेशका पूर्व मन्त्री चेतनारायण आचार्यले उद्घाटन गर्नुभएको थियो ।

प्रदेशसभा सदस्य समेत रहनुभएका आचार्यले बल सर्भिस गरेर प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । प्रतियोगितामा ९ टिमको सहभागिता रहेको छ ।

वडा कार्यालयको आयोजनामा सुरु ‍ भएको प्रतियोगिताको उद्घाटन सत्रमा सन्धिखर्क तथा भुमिकास्थान नगरपालिकाका नगर प्रमुखहरू समेत सहभागी हुनुहुन्थ्यो । 

प्रतियोगितामा प्रथम हुनेले ५० हजार, द्वितीय हुनेले ३० हजार र तृतीय हुनेले २० हजार पुरस्कार प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ७ : ३४ बजे