डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

एमसीसी पास गर्ने प्रचण्डको कसम : बैठक बहिष्कार गरी बहुमत पुर्याइदिने बाचा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ ।  

प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच एमसीसी अनुमोदनसम्बन्धी विवाद र गठबन्धनका बारेमा छलफल भएको थियो ।  

स्रोतका अनुसार प्रधानमन्त्री देउवालाई अध्यक्ष प्रचण्डले एमसीसी पनि टुंगोमा पुग्ने र गठबन्धन पनि जोगिने प्रस्ताव राखेका थिए । 

एमसीसी निर्णयार्थ प्रस्तुत हुँदा माओवादी र एकीकृत समाजवादीका सांसदले बैठक बहिष्कार गर्ने र उपस्थितिको बहुमतले पारित गर्ने विकल्प राख्दै प्रचण्ड फर्किएका हुन् । 

छलफलमा प्रधानमन्त्री र प्रचण्डसँगै कांग्रेसका केही नेता र माओवादीका तर्फबाट अर्थमन्त्री जनार्दन शर्मा सहभागी थिए ।

बालुवाटारमा यो बारेमा करीब एक घण्टा संवाद भएको थियो । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकमा छलफलपछि तयार भएको प्रस्ताव बोकेर प्रधानमन्त्री देउवालाई फकाउन प्रचण्ड बालुवाटार पुगेका थिए ।
 

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ६ : ०४ बजे