काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७८ र ७९ को पहिलो ६ महिनामा ५८ अर्ब ९० करोड बराबरको वैदेशिक सहायता परिचालन गरेको छ ।
२०७८ साउनदेखि पुस मसान्तसम्मको अवधिमा उक्त रकम परिचालन गरिएको जानकारी अर्थ मन्त्रालयले दिएको हो ।
परिचालन गरिएको वैदेशिक सहायतामध्ये १३ अर्ब ८८ करोड रुपैयाँ अनुदान र ४५ अर्ब २ करोड रुपैयाँ ऋण रहेको छ ।
गत आर्थिक वर्ष २०७७र७८ को सोही अवधिमा ७ अर्ब ४६ करोड रुपैयाँ अनुदान र ३० अर्ब ४ करोड रुपैयाँ ऋण गरी कूल ३७ अर्ब ५० करोड रुपैयाँ बराबरको वैदेशिक रहायता प्राप्त भएको थियो ।
प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार ५ : ३३ बजे
प्रतिक्रिया