‘नेशनल डे कन्सर्ट’ सम्पन्न

आर्मी क्लब र किर्गिस्तान टीमबीचको आजको फुटबल खेल निःशुल्क हेर्न पाइने

काठमाडौँ । त्रिभुवन आर्मी क्लब र किर्गिस्तानबीच आज दशरथ रङ्गशालामा मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । 

एएफसी कप २०२१ प्ले अफको तयारीमा जुटेको नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र किर्गिस्तानको यू–२३ टीमबीच मैत्रीपूर्ण फुटबल खेल हुन लागेको हो ।

त्रिभुवन आर्मीका जर्जप्रीन्स कार्कीको कप्तानीमा दिउँसो ३ः३० बजे हुने उक्त खेल रङ्गशाला पुग्ने जोसुकैले निःशुल्क हेर्न सक्ने व्यवस्था मिलाइएको सेनाले जानकारी दिएको छ ।  

त्रिभुवन आर्मी क्लब नेपालको च्याम्पियनशीप विभागीय टीम हो ।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  ९ : ५२ बजे