होच्याएर नै सही सत्य भन्यौ
ममा हनुमानको स्वरूप भेट्यौ
सीताराम भक्त हनुमान भन्यौ
सत्यका सारथी हनुमान भन्यौ
एकै फड्कोमा क्षारसमुद्र नाघ्ने
राक्षसको अशोक बगैँचा मास्ने
रावणको स्वर्ण दरबार जलाउने
असत्य नास्न सत्मार्ग अँगाल्ने
नीतिशास्त्री वीर हनुमान भन्यौ
संकटमोचक वीर हनुमान भन्यौ
सुग्रिबका हितैषी हनुमान भन्यौ
के. पी. ओलीको हनुमान भन्यौ
ठिकै हो,
राष्ट्रका श्रष्टालाई म मान गर्छु
शान्तिका दूतलाई म पुजा गर्छु
जनताका साथीलाई म प्रेम गर्छु
समृद्धि बाहकलाई म धाप दिन्छु
त्यसैले,
म आँफु आफैँ स्वघोषित हनुमान
म देशको खम्बा नेताको हनुमान
म जनता प्रेमी नायकको हनुमान
सगर्व म भा छु ओलीको हनुमान
किनकि,
नेपाली आमा नेपाली बाउको रगत मेरो
सहिदको गाथा पदको धुलो यो देश मेरो
– २०७६/१२/१६
प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार ५ : ४४ बजे
प्रतिक्रिया