‘नेशनल डे कन्सर्ट’ सम्पन्न

प्रदेशस्तरीय भलिबल प्रतियोगिता : उपाधिका लागि चुली युवा क्लब र रुकुम पश्चिमबीच प्रतिष्पर्धा हुँदै

कर्णाली । प्रदेशस्तरीय भलिबल प्रतियोगिताको उपाधिका लागि आज आयोजक चुली युवा क्लब सुर्खेत र रुकुम पश्चिमको टोलीबीच प्रतिस्पर्धा हुने भएको छ । 

सेमिफाइनलमा चुली युवा क्लबले सल्यानलाई तथा रुकुम पश्चिमले हाम्रो कम्प्युटर इन्स्टिच्युटलाई हराउँदै उपाधि भेट पक्का गरेका हुन् ।

घरेलु टोली चुली सल्यानलाई तीन शून्यको सोझो सेट पराजित गर्दै उपाधि नजिक पुगेको हो । जिल्ला खेलकूद विकास समिति अगाडिको मैदानमा हुने प्रतियोगितामा यी दुवै टोली पहिलो पटक आमनेसामने हुँदैछन् ।

अपराजित यात्रा कायम राख्दै उच्च मनोबलका साथ फाइनलमा पुगेको चुली पाहुना टोलीलाई हराउँदै उपाधि रक्षा गर्ने दाउमा छ ।

त्यस्तै रुकुमपश्चिम भने चुलीलाई उसकै मैदानमा हराएर उपाधि आफ्नो पोल्टामा पार्ने योजानाका साथ मैदान उत्रिने रणनीतिमा छ ।

समूह चरणको पहिलो खेलमा सिम्तासँग पराजित भएको रुकुमपश्चिमले सेमिफाइनलमा भने उत्तरपश्चिम पृतनाको आर्मी क्लबको टोलीलाई हराएको हो ।

आज तेस्रो र सान्तवना स्थानका लागि हाम्रो कम्प्युटर इन्स्टिच्युट र सल्यानको बनगाड कुपिन्डे भिड्ने भएका छन् ।

सुर्खेतको चुली युवा क्लबले पहिलोपटक प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको आयोजना गरेको हो । विजेतालाई रु दुई लाख र उपविजेतालाई रु एक लाख ५० हजार प्रदान गरिनेछ ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ८ : ३८ बजे