एमालेको जागरणसभामा जे देखियो…

एमालेको जागरणसभामा जे देखियो…

‘चूडामणि रेग्मी ग्रन्थावली–३ घुम्टीखोली’को लोकार्पण   

झापा  ।  भाषाविद् चुडामणि रेग्मीको ‘चूडामणि रेग्मी ग्रन्थावली–३ घुम्टीखोली’को लोकर्पण गरिएको छ ।

विर्तामोडमा भएको कार्यक्रममा साहित्यकार सरोज ओलीले सोको लोकार्पण गर्नुभएको हो ।

साहित्यका विविध विधामा कलम चलाउन सक्षम रेग्मीले समालोचनामा आलोचनात्मक शैलीको प्रस्तुति नगरेकै कारण सबैलाई सँगसँगै लिएर हिँड्ने साहित्य क्षेत्रको पाठशाला भएको उहाँको भनाइ थियो ।    

साहित्यकार होम सुवेदी, पुण्यप्रसाद खरेल र हरिनारायण भट्टराईले सम्पादन गरेको कृतिका बारेमा सम्पादकद्वय होम सुवेदी र पुण्यप्रसाद खरेलले धारणा राख्नुभएको थियो ।

कार्यक्रममा स्रष्टा रेग्मीले ग्रन्थावली निकाल्ने आफ्नो इच्छा पूरा गरिएकामा प्रकाशक तथा सम्पादन मण्डललाई धन्यवाद दिँदै बुढ्यौलीका कारण अब कृति प्रकाशनमा ल्याउन कठिन हुने धारणा व्यक्त गर्नुभयो ।    
    
रेग्मीको लोकार्पित पछिल्लो ग्रन्थावली आफ्नो ८४औँ जन्मोत्सवका रुपमा आएको लेखक्यौलीमा उल्लेख गरिएको छ । दुई सय ३२ पृष्ठ लामो ग्रन्थावली भाग–३ को प्रकाशन जयेन्द्रप्रसाद प्रसाईँ साहित्य सेवा कोषले गरेको छ ।    

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ७ : १८ बजे