साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

भाइरल तस्बिरको वास्तविकता  ः सिलिण्डर वनमन्त्री आलेले व्यक्तिगत खर्चमै किनिदिएको पुष्टि

कैलाली । सामाजिक सञ्जालमा सोमबार दिउँसोबाट अक्सिजनको सिलिन्डरमा वन तथा वातावरण मन्त्री प्रेम आलेको तस्बिर राखेको फोटो भाइरल बन्यो । धेरैले चीनबाट अनुदानमा आएको अक्सिजन सिलिण्डरमा मन्त्री आलेले आफ्नो तस्बिर राखेर प्रचार गरेको आरोप लगाउँदै आलोचना गरे  । तर, ठुलो सङ्ख्यामा मन्त्री आलेले नै व्यक्तिगत खर्चमा सिलिन्डर खरिद गरेर कैलाली र डोटीमा वितरण गरेको पाइएको छ । मन्त्री आलेले सोमबार डोटी अस्पतालको लागि ७५ सिलिन्डर अक्सिजन हस्तान्तरण गर्नुभएको थियो ।

तीमध्ये १५ सिलिन्डर अक्सिजन स्वास्थ्य सेवा विभागले दिएर र अन्य आफैले व्यक्तिगत खर्चमा किनेका   हुन् । डोटीमा मात्रै मन्त्री आलेले आफ्नो व्यक्तिगत खर्चमा ६० सिलिन्डर अक्सिजन , ४ वटा अक्सिजन कन्टेनर र १ लाख ५० हजार सर्जिकल मास्क वितरण गर्नुभएको थियो ।

मङ्गलवार सेती प्रादेशिक अस्पताल धनगढीलाई पनि मन्त्री आलेले ५० सिलिन्डर अक्सिजन दिनुभएको थियो ।

अनुदानमा चीनबाट ल्याइएको अक्सिजन सिलिन्डरमा पनि व्यक्तिगत लगानी गरेको पोस्टर टाँसेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएपनि वास्तवमा मन्त्री आलेले आफूले आफ्नो व्यक्तिगत लगानीमा ११० सिलिन्डर अक्सिजन वितरण गर्नुभएको हो । 

‘डोटीका लागि ७५ र कैलालीका लागि ५० वटा अक्सिजन सिलिन्डर वितरण गरेको छु । त्यसमा १५ वटा स्वास्थ्य सेवा विभागले दिएको हो । बाँकी एक सय १० वटा मैले आफ्नै रकमले खरिद गरेको हुँ ।’ मङ्गलवार बिहान सेती प्रादेशिक अस्पतालमा आयोजित स्वास्थ्य सामाग्री वितरण कार्यक्रममा आलेले भन्नुभयो  ।

मन्त्री आलेले व्यक्तिगत रूपमा ५० हजार मास्क समेत सेती अस्पताललाई दिनुभएको थियो  ।

सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा।हेमराज पाण्डेले मन्त्री आलेले व्यक्तिगत खर्चमा अस्पताललाई सहयोग गरेको बताउनुभयो  ।

‘हामीलाई केही समय अघि नै मन्त्रीज्यूले सहयोग गर्ने बताउनु भएको थियो  उहाँले भने अनुसारको सहयोग व्यक्तिगत रूपमै उहाँले गर्नुभएको हो,’ जिल्ला अस्पताल डोटी र सेती प्रादेशिक अस्पताल धनगढीले विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।

काँग्रेस,माओवादी र एमालेको माधव नेपाल पक्षका कार्यकर्ताले सामाजिक सञ्जालमा अनुदानको सिलिण्डरमा मन्त्रीको फोटो टाँसेको भनेर प्रचार गरे पनि अन्तत वास्तविकता त्यो भन्दा फरक पाइएको हो । मन्त्री आलेको व्यक्तिगत लगानीमा किनिएको सिलिन्डर भएकाले एमाले कार्यकर्ताले मन्त्री आलेको फोटो टाँसेका थिए । 

 

प्रकाशित मिति : ११ जेष्ठ २०७८, मंगलबार  १२ : ३९ बजे