साफ यू–१७ च्याम्पियनसिप आजदेखि

घट्यो सुनको मूल्य

काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य २ सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य स्थिर हुँदै प्रतितोला १ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०७८, मंगलबार  ११ : ०३ बजे