‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

सिसिएमसीको सिइओमा पूर्वरथी बालानन्द शर्मा नियुक्त

काठमाडौं – सरकारले कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) को पुनर्गठन गरेको छ।पुनर्गठन गरिएको सिसिएमसीको प्रमुखमा कार्यकारी अधिकृत (सिइओ)मा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा नियुक्त हुनुभएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई कार्यकारी निर्देशक नियुक्त गरेको प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिनुभयो ।

सरकारले कोभिड–१९ को नियन्त्रण तथा रोकथामका लागि अध्यादेशमार्फत् सिसिएमसीको पुनर्गठन गरेको हो।

पुनर्गठन गरिएको सिसिएमसीमा प्रधानमन्त्रीको अध्यक्षतामा निर्देशक समिति रहनेछ।  कोभिड प्रतिकार्यमा नेपाली सेनाका उपरथी, सशस्त्र प्रहरी र नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक सदस्य रहने व्यवस्था छ। यसलाई आपतकाल घोषणा गरेर सेना परिचालन गर्नसक्ने सम्मको अधिकार सरकारले दिइएको छ।

शर्मालाई सचिव सरहको राजनीतिक नियुक्ति गरिएको हो। नेपाली सेनाका पूर्वरथी शर्मा नेपालमा स्थापनाको चरणमा रहेको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय (नेशनल डिफेन्स युनिभर्सिटी) को प्रमुखसमेत हुनुहुन्थ्यो । शर्माले फोर्स कमाण्डरको रूपमा समेत काम गरिसक्नुभएको छ । त्यसका साथै नेपाली सेना र माओवादी सेनाबीच भएको समायोजनमा समेत उहाँ संलग्न हुनुहुन्थ्यो ।

प्रकाशित मिति : ११ जेष्ठ २०७८, मंगलबार  ९ : ०१ बजे