‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै, निषेधाज्ञा कडाइ गर्ने तयारी

काठमाडौं । काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्ने भएको छ । 

काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको निषेधाज्ञा थप गर्ने विषयमा छलफल गर्न प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्न लागेको हो । 

गत वैशाख १६ देखि लागू भइरहेको निषेधाज्ञा जेठ १३ गतेपछि पुनः थप गर्ने तयारी गरिएको छ। उपत्यकामा दोस्रो पटक थपिएको निषेधाज्ञाको अवधि यही जेठ १३ गते मध्यराति १२ बजे सकिँदैछ।

अब थप गरिने निषेधाज्ञामा सरकारले जारी गरेको कोभिड -१९ संकट व्यवस्थापन अध्यादेशमा गरिएका व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने विषयमा समेत आजको बैठकबाट निर्णय हुन सक्ने बताइएको छ । ​​​​​​​

प्रकाशित मिति : ११ जेष्ठ २०७८, मंगलबार  ८ : १६ बजे