‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख अधिकारीमा डा गौतम

काठमाडौँ – कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) का प्रमुख प्रशासकीय अधिकारीमा डा जागेश्वर गौतम नियुक्त हुनुभएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालका प्रवक्ता डा गौतमलाई मन्त्रालयले प्रमुख प्रशासकीय अधिकारीमा तोकेको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो । 

यही जेठ ६ गते कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश–२०७८मार्फत सरकारले वीर अस्पताललाई युनिफाइड केन्द्रीय अस्पतालका रुपमा सञ्चालन गर्नेभएको थियो ।   कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालले संक्रमितको उपचार व्यवस्थापन (अक्सिजन आइसोलेशन, हाई डिपेन्डेसी युनिट (एचडियु), सघन उपचार कक्ष, टेलिमेडिसिन कल सेन्टर, होम आइसोलेसनफलोअप, एम्बुलेन्स र  आकस्मिक सेवासमेत सञ्चालन गर्ने छ । 

युनिफाइड अस्पतालले शय्या खाली भएका स्वास्थ्य संस्थामा संक्रमितको भर्नाका लागि आवश्यक समन्वय गर्ने छ । केन्द्रीय अस्पतालले प्रदेश सरकारसंँग समन्वय गरी प्रदेशस्थित सङ्घ वा प्रादेशिक अस्पताललाई कोभिड–१९ युनिफाइड प्रादेशिक अस्पतालका रुपमा तोक्ने सक्ने व्यवस्था गरिएको छ । 

रासस

प्रकाशित मिति : १० जेष्ठ २०७८, सोमबार  १० : ४३ बजे