साफ यू–१७ च्याम्पियनसिप आजदेखि

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ – नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा एक सय रुपैयाँले वृद्धि भएर प्रतितोला ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य ५ रुपैयाँले वृद्धि भएर प्रतितोला एक हजार ३५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ  । 

प्रकाशित मिति : १० जेष्ठ २०७८, सोमबार  ११ : ०८ बजे