सुनको मूल्यमा नयाँ कीर्तिमान

थप ७९१४ जनामा कोरोनाको संक्रमण पुष्टि, १९३ जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ९१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १८ हजार ९६५ जनाको पिसिआर विधिबाट ७ हजार ५९८ र ९३१ जनाको एन्टीजेन विधिबाट ३१६  जना गरि कुल ७ हजार ९१४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा देशभर ७ हजार ६६४ जना संक्रमित कोरोना संक्रमणबाट मुक्त भइ घर फर्केका छन् ।

त्यस्तै  पछिल्लो २४ घण्टामा नेपालमा थप १९३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

 

प्रकाशित मिति : ९ जेष्ठ २०७८, आइतबार  ४ : ५६ बजे