‘नेशनल डे कन्सर्ट’ सम्पन्न

प्रदेश १ का नयाँ मन्त्री र राज्यमन्त्रीले लिए शपथ (तस्विरहरु)

काठमाडौं ।  प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

उनले चारजना मन्त्री थपेका हुन् । आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबोहाङ, सामाजिक विकासमन्त्री उषाकला राई, भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री राम राना, भौतिक पूर्वाधार राज्यमन्त्री अम्बिरबाबु गुरुङले सपथ खाएका हुन् । यस्तै, कृषि राज्यमन्त्री कला घले र वन तथा राजकुमार ओझाले पनि आजै सपथ लिएका छन् । राज्यमन्त्रीलाई मुख्यमन्त्री शेरधन राई र मन्त्रीलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासिले शपथ गराएका हुन् ।

मन्त्री आङबोहाङ माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका हुन् भने उषाकला राई एमालेको माधव नेपाल समूह छोडेर केपी समूहमा लागेकी सांसद हुन् ।

 

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  १ : ४२ बजे