सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

माधव नेपाल निकट युवा नेता जीवन राईको नेतृत्वमा नेकपा एकीकृत दर्ता

काठमाडौं । नेकपा एमालेको माधव कुमार नेपाल पक्षका युवा नेता जीवन राईको नेतृत्वमा निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) दर्ता भएको छ ।

राईको नेतृत्वमा वैशाख ७ गते दर्ता भएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत)को चुनाव चिन्ह कलम माग गरिएको छ।

नेकपा (एकीकृत) को उपाध्यक्षमा कल्पना गुरुङ, महासचिव विनोद खुलाल, सचिव ऐनविक्रम कुँवर र कोषाध्यक्ष सुशील खनाल रहेको पदाधिकारी दर्ता भएका छन् ।

वैशाख ७ गते दल दर्ताको निवेदन दिए पनि प्रमाण पत्र पाउन भने बाँकी रहेको छ ।

माधव कुमार नेपाल पक्षले नयाँ पार्टी दर्ता गर्ने तयारी भइरहेका बेला नेपाल निकट युवा नेताहरुले दर्ता गराएको नेकपा एकीकृत नै माधव नेपालको पार्टी बन्न सक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७८, आइतबार  १२ : १५ बजे