बेलायतले २० लाख डोज कोरोनाको खोप उपलब्ध गराउने

काठमाडौं – बेलायतले कोरोना भाइरस विरुद्धको २० लाख डोज आस्ट्राजेनेका (कोभिसिल्ड) खोप नेपाललाई उपलब्ध गराउने भएको छ ।

बेलायतले कोभ्याक्स सुविधा अन्तर्गत उक्त खोप प्रदान गर्न लागेको बताइएको छ । बेलायती संसदको उपल्लो सदन ‘हाउस अफ लर्ड्स’ ले गएको बिहीबार नै नेपाललाई उक्त मात्राको खोप उपलब्ध गराउनेबारे निर्णय भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

यसअघि नेपालले कोभ्याक्स अन्तर्गत ३ लाख ४८ हजार डोज खोप प्राप्त गरेको थियो ।

प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार  ३ : ३८ बजे