साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

आफू चुनाव हार्ने डरले बेहोस, राष्ट्रपतिलाई किन दोष ?

संविधानतः वैकल्पिक सरकार बन्ने सबै सम्भावना सकिएपछि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट मौजुदा प्रतिनिधिसभा भङ्ग गरी आगामी कात्तिक २६ र मङ्सिर ३ गते दुई चरणमा गर्ने गरी निर्वाचनको मिति तोकिए पछि देश नयाँ राजनीतिक कोर्समा गएको छ । हुन त आफ्नै पार्टीभित्रबाट चौतर्फी घेराबन्दी भएपछि प्रधानमन्त्री के पी शर्मा ओलीले गत पुस ५ गते संसद् विघटन गर्ने निर्णय गर्नुभएको थियो । तर वैकल्पिक सरकार बन्न दिइनु पर्ने संवैधानिक प्रक्रिया बाँकी भएको भन्दै संसद् पुनर्स्थापना गरिदिएको थियो । तर त्यो संसद् लामो समयसम्म रहन सकेन ।

विगतमा मिलेर सरकार बनाएका एमाले र माओवादी छुट्टिएपछि निकै प्रयास गर्दा पनि न ओली सरकारले संसद्मा बहुमत सिद्ध गर्न सक्ने न विपक्षीहरूले नै वैकल्पिक सरकार बनाउन बहुमत जुटाउन सक्ने अवस्थाले अब निकास पाएको छ । राज्यका निकायले निकास दिन नसकेको यो विषयलाई अब सार्वभौम जनताको अभिमतले निकास दिनेछ ।

संविधानको अक्षर र भावनाबमोजिम गरिएको संसद् विघटन र निर्वाचनको घोषणाले नेपाली राजनीतिमा एकाएक तरङ्ग लाएको छ । जनतामा राम्रो पकड भएका नेताहरूले निर्वाचनलाई सहर्ष स्वीकार गरेका छन् भने निर्वाचनले आफ्नो राजनीतिक जीवन नै समाप्त पार्ने डर भएका नेताहरूलाई रिँगटा लागेको छ ।

निर्वाचनको घोषणाले एमालेका बागी नेता माधव नेपाललाई सबभन्दा उच्चस्तरको रिङटा लागेको छ । विगतमा पेरिस डाँडा कार्यालयमा प्रचण्डको नेमप्लेट मुनी आफ्नो नेमप्लेट राखेर राष्ट्रपति र प्रधानमन्त्री विरोधी मोर्चामा खटिएको बखत अदालतले एमाले ब्युँझाइदिएपछि ुएमालेभित्रबाट ओली सिद्ध्याउनेु उद्घोषसहित एमाले फर्किएका उनी एक पछि अर्को लफडामा फस्दै गएका छन् । परिवर्तनकामी जनताको नजरबाट निरन्तर गिरिरहेका छन् । पछिल्लो चरणमा देखिएको उनको कम्युनिष्टविरोधी क्रियाकलापले हिजो उनलाई निःशर्त सहयोग गरेका सयौँ नेता र हजारौँ कार्यकर्ताले सदाको लागि पारपाचुके गरेका छन् ।

दुई(दुई निर्वाचन क्षेत्रबाट निर्वाचन हारेका माधव नेपालले गिरिजाप्रसाद कोइराला र पुष्पकमल दाहाल ुप्रचण्डुसँग अनुनय(विनय गरेर प्रथम संविधानसभाको सदस्य भएको र सोही मेसोमा पार्टीभित्र ओली(विद्याको सहयोगमा बाइस महिने प्रधानमन्त्री भएको इतिहास सबैले बिर्सेका छैनन् । डेढ दशक एमाले सुप्रिमो हुँदा एमालेलाई जमेको पानीजस्तो बनाएको पनि भुक्तभोगीहरूलाई थाहा नहुने कुरो भएन । शीघ्रातिशीघ्र पार्टी अध्यक्ष तथा प्रधानमन्त्री के पी शर्मा ओली र दसौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी समक्ष विगत एक वर्षदेखि आफूले गरेका पार्टी विरोधी हर्कतको लिखित(मौखिक आलोचना गरेर पार्टीले दिएको थान्कामा नबस्ने हो भने मध्यावधि निर्वाचनको ुप्रतिगमनुले माधव नेपालको राजनीतिक महत्त्वाकाङ्क्षाको सदाका लागि शमन गरिदिने छ ।

मध्यावधि निर्वाचनको घोषणाले माधव नेपालकै पैमानामा नेकपा९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाललाई रिँगटा लागेको छ । माओवादी जनयुद्धको दश बर्ष कसरी विपक्षीलाई भौतिक रुपमा सिध्याउगने ध्याउन्नमा बित्यो । त्यो अवधिमा सयौँ होनहार नेता कार्यकर्ता मारिए । 

शान्ति प्रक्रियामा आएपछि पनि उनको यो बानी हराएन । प्रधानमन्त्री हुँदा कहिले प्रधान सेनापति सिद्ध्याउन लागे,कहिले पशुपतिका पुजारी । कहिले ओलीको उछित्तो काढे त कहिले गिरिजालाई । कहिले चिनिया कम्युनिष्ट पार्टीको विश्वास पात्र बन्न खोजे त कहिले भारतीय खुपिया एजेन्सी रअसंग अन्तरङ्ग उठबस गर्न पुगे । देशभरका आफ्ना कार्यकर्ता बोलाएर काठमाडौँ कब्जा गर्ने उटपट्याङ आन्दोलन गरे । थाहै नपाई आफ्नै सहकर्मीको चरित्र(हत्याको साजिस गर्ने प्रचण्ड एमाले सिद्ध्याउन कहिले नेपाली काङ्ग्रेसको चुकुल बने त कहिले आफ्नो अस्तित्व जोगाउन एमालेकै काखमा लुटुपुटु गर्न आइपुगे । एमालेमा मिसिएको केही समय नवित्तै माधव नेपालसमेतलाई भड्काएर ओलीविरुद्ध दक्षिणपन्थी साँठगाँठ गर्न पुगे ।

आज उनी न भूतो न भविष्यति सङ्कटमा छन् । जेनतेन दशबर्ष पार्टी जोगाएर विद्रोह गरेका प्रचण्ड शान्ति प्रक्रियामा आएपछि पार्टीमा एक पछि अर्को विखण्डन सुरु भयो । जनतामा युद्धका ुसुन्दरु कथा सुनाउनु बाहेक उनीहरूसङ देश निर्माणको कुनै उैजेण्डा प्रस्तुत गर्न सकेनन् । न हाँसको चाल न कुखुराको चालमा हिँडेका प्रचण्ड मरीच चाउरिए सरी चाउरिएका छन् । नेपाली काङ्ग्रेस वा अरू ठुला दलले सञ्जीवनी नदिए उनी नेपालको राजनीतिको मूलधारबाट ओझेल नपर्लान् भन्न सकिन्न । त्यही कारण चुनाव भनेपछि निन्द्रामा पनि झस्कने हालतमा छन् उनी ।

नेपाली काङ्ग्रेसका अल्पमत पक्षका नेता रामचन्द्र पौडेल, पहाडमा नयाँ शक्ति बिसाएर मधेस ओर्लेका डा. बाबुराम भट्टराई, आफूलाई मात्र मधेस आन्दोलनको मसिहा ठान्ने उपेन्द्र यादव ठिक यही हालतमा छन् ।

निर्वाचन हुने नै भएपछि वास्तवमा उनीहरू आफैँ होसहवास छन् । पराजयको पीडाले अहिले नै भतभत पोल्न थालेको छ । संविधानको रक्षा र सिर्जनात्मक कार्यान्वयन गरिरहेका राष्ट्रपति र प्रधानमन्त्रीतर्फ धारे हात लगाएर विभिन्न बकवास गरिरहेछन् ।

र, पदका लागि पार्टीका शीर्ष नेताबाटै भएको सांसदको हस्ताक्षरको दुरुपयोग, किर्ते हस्ताक्षर तथा पार्टी व्यवस्था विरोधी हस्ताक्षरलाई राष्ट्रपतिले मान्यता नदिँदा नयाँ रोइलो सुरु भएको छ । नेपाली जनताको बलिदानले स्थापित राष्ट्रपतिजस्तो सम्मानित संस्थालाई हिलो छ्याप्ने काम पुनः सुरु भएको छ । निर्वाचनमार्फत जनताले पाँच वर्षको लागि स्थिर सरकार दिने र नेताहरूले प्रधानमन्त्री बन्न पाँच बर्ष पालो कुर्ने धैर्य विकास नभई यो समस्या निराकरण हुँदैन ।

​​​​​​​

प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार  १ : १५ बजे