वल्र्ड भिजनद्वारा १,४०० अक्सिजन सिलिन्डरसहितका स्वास्थ्य सामाग्री सहयोग

काठमाडौं ।   बालबालिका केन्द्रित संस्था वल्र्ड भिजन इन्टरनेशनल नेपालले १६ जिल्लाहरूमा कोभिड–१९ अस्पताल तथा स्थानिय तहका स्वास्थ्य सेवा प्रदायकलाई लक्षित गरी १,४०० अक्सिजन सिलिन्डर, २० अक्सिजन कन्सन्ट्रेटर, १,०१२ इन्फ्रारेड थर्मामीटर,  १,०१२ पल्स अक्सिमिटर र २५ अस्पताल बेड स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहयोग गरेको छ । 
 स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी, महिला, बालबालिका र ज्येष्ठ नागरिक मन्त्री जुली कुमारी महतो , उपाध्यक्ष समाज कल्याण परिषद डा. पदम खतिवडा  र समाज कल्याण परिषद्का सदस्य सचिव पुष्कर खातीको उपस्थितिमा हस्तान्तरण गरिएको हो ।  

उक्त सामग्रीहरूले वर्तमान स्वास्थ्य संकटका बेला सरकारी स्वास्थ्य सेवाहरूलाई सहयोग पु¥याउने तथा स्वास्थ्यकर्मीहरूको सुरक्षा गर्न सहायता गर्ने छन् । काठमाण्डौँस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिसरमा गरिएको उक्त हस्तान्तरण वल्र्ड भिजन इन्टरनेशनल नेपालको ९० दिने कोभिड–१९ दोस्रो लहर आपत्कालिन प्रतिकार्य परियोजना अन्तर्गत गरिएको हो ।

​​​​​​​

प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार  १२ : ५५ बजे