काठमाडौँ । स्वीटजरल्यान्डले नेपाललाई कोभिड–१९ महामारीविरुद्ध स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।
विशेष कार्गो विमानमार्फत काठमाडौँ लाइएका ती स्वास्थ्य सामाग्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्विस राजदूत एलिजाबेथ क्यापेलारले स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गर्नुभयो ।
स्वीटजरल्यान्डले पठाएका तीन टन सामाग्रीमा ४० थान भेन्टिलेटर, अक्सिजन कन्सनट्रेटर, ११ लाख र्यापिड एन्टीजेन टेस्ट, १ लाख १० हजार मास्क, ५० हजार पञ्जा र १५ हजार पिपिई छन् ।
प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार ११ : ५२ बजे
प्रतिक्रिया