विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

माधव नेपाल र प्रचण्डलाई जनताले ‘कोल्याप्स’ हान्दिने पूर्व मन्त्री बाँस्कोटाको दाबी 

काठमाडौँ । एमाले नेता तथा पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले अब माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डलाई जनताले  ‘कोल्याम्स’ हान्दिने बताउनुभएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरी कार्तिक र मङ्सिरमा निर्वाचनको घोषणा गरेर उपयुक्त कदम चालेको बताउनुहुँदै पूर्व मन्त्री बाँस्कोटाले जनताले माधव र दाहाललाई निर्वाचनबाट हराउने र उहाँहरूको राजनीति सकिने दाबी गर्नुभयो ।

उहाँले माधव नेपाल र प्रचण्डका षड्यन्त्रहरू सबै असफल भएको बताउनुहुँदै अब सबै फैसला जनताले गर्ने पनि बताउनुभयो । 

सामाजिक सञ्जाल  फेसबुकमा उहाँले लेख्नुभएको छ –जनताले चुनेको सरकारलाई पटक पटक अप्राकृतिक समीकरणदेखि समीकरणसम्मको गोल चक्करमा रिङगाउने षडयन्त्र अव समाप्त भयो ।’ 

उहाँले माधव नेपाल र प्रचण्डलाई कुण्ठित इच्छा अनुसारको समीकरण बनाउन र अवसानको बाटो रोज्न पनि सुझाव दिनुभयो । ‘अब माधव–प्रचण्डले कुण्ठित इच्छा अनुरूपको समीकरण बनाउनु र जनताले साथ दिएमा चौका दाउ हान्नु,जनताले कोल्याप्स हान्दिए भने राजनीति सकियो । गुनासोको काम छैन, विधि,पद्धति लगेर कर्णालीमा सेलाउनु।’

प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार  १० : ३४ बजे