विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको दृष्टिकोणमा माधव नेपालका पाँच अक्षम्य अपराध

काठमाडौँ ।  प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा एमाले प्रेस चौतारीका इन्चार्ज सूर्य थापाले माधव कुमार नेपालले पार्टी र जनतालाई घात गरी आपराधिक कार्य गरेको बताउनुभएको छ । 

सामाजिक सञ्जाल फेसबुकमा उहाँले आफूलाई एमालेको वरिष्ठ नेता बताउने माधव नेपालका अपराधहरूको सूची नै उल्लेख गर्नुभएको छ । 

हेर्नुहोस् सल्लाहकार थापाका दृष्टिमा माधव नेपालका अपराध :    
​​​​​​​१. कर्णाली प्रदेशमा फ्लोर क्रसको निर्देशन, मुख्यमन्त्री बन्ने निश्चितताको अन्त्य र प्रचण्डको हितमा सहयोग –

२. लुम्बिनी प्रदेशमा मुख्यमन्त्री विरुद्ध गठबन्धन निर्माणमा गोप्य साँठगाँठ, विमला ओलीलाई माकेमा प्रवेश गराउन तथा दृगराज पाण्डे र अमरबहादुर डाँगीको बिक्री तथा रहस्यमय राजीनामाको लागि गुप्त निर्देशन–

३. प्रतिनिधिसभामा आफ्नै पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले विश्वासको मत लिने दिन आफूसहित २८ सांसदलाई अनुपस्थित हुन विपक्षीहरूसँग साँठगाँठ –

४.वागमति प्रदेशमा पार्टीका उम्मेदवार रामबहादुर थापालाई पराजित गर्न स्वतन्त्र उम्मेदवारी, निर्देशन उल्लङ्घन र नग्न गुटबन्दी तथा षड्यन्त्रका साथ पार्टी विरोधी व्यक्तिलाई मतदान ।

५. नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन जालसाजी, कृत्ये र हस्ताक्षर दुरुपयोग गरी २७ जना सांसदको साथ रहेको कथित लिखित फर्जी समर्थन, राष्ट्रपति कार्यालयमा शेरबहादुर देउवा, पुष्पकमल दाहाल र उपेन्द्र यादवसँगै चौथो वरियतामा उपस्थित ।

नेकपा एमालेको नेतृत्वमा रहेको सरकार ढालेर जनमतविपरित नेपाली काँग्रेसको गठबन्धनमा सामेल हुन र जनतालाई घात गर्न श्री माधव कु. नेपालले गरेका अपराधहरूको भर्त्सना गरौँ !

 

प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार  १० : १५ बजे