विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

सकियो राष्ट्रपतिले दिएको समय : प्रधानमन्त्रीका लागि ओली र देउवाको दावी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसारको प्रधानमन्त्री दावी गर्न दिएको समय सकिएको छ ।

शुक्रवार ५ बजेसम्मको समय दिइएकोमा नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दावी पेश गर्नुभएको छ 

जसपाका सांसदसहित ओलीले १५३ संसदको समर्थन भएको दावी पेश गर्नुभएको छ  भने देउवाले माओवादी, उपेन्द्र यादव पक्ष र माधव नेपाल समूहका सांसद सहित १४९ को दावी पेश गर्नुभएको छ । 

देउवाले लगेका १४९ सांसद मध्ये माधव नेपाल पक्षका सांसदहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, घनश्याम खतिवडा र गणेश पहाडीले आफ्नो हस्ताक्षर दुरुपयोग बताउनुभएको छ  ।

राष्ट्रपति कार्यालयले सांसदहरुको हस्ताक्षर जाँचबुझ गरेर मात्र नयाँ प्रधानमन्त्री नियुक्त गर्ने स्रोतले बतायो ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  ५ : २३ बजे