‘नेशनल डे कन्सर्ट’ सम्पन्न

प्रदेश १ का मुख्यमन्त्री राईले आज मन्त्रिमण्डल विस्तार गर्नुहुँदै 

काठमाडौँ। प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले आज मन्त्रिमण्डल विस्तार गर्नुहुने भएको छ । । नयाँ मन्त्रीहरुको आजै अपरान्ह १:०० बजे सपथ ग्रहण कायक्रम राखिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार पुनर्गठित मन्त्रिमण्डलमा माओवादीबाट एमाले प्रवेश गरेका प्रदेशसभा सदस्य टंक आङबोहाङलाई आर्थिक मामिला तथा योजना र प्रदेशसभा सदस्य उषाकला राई सामाजिक विकास मन्त्रीको जिम्वामेवारी दिइने भएको छ ।

त्यसैगरी भौतिक पूर्वाधार विकास मन्त्रालयका राज्यमन्त्री अम्बिरबाबु गुरुङ र भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर मन्त्रीमा बढुवा गर्ने तयारी रहेको बताइएको छ । 
 

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ११ : २६ बजे