काठमाडौं । संविधानको धारा ७६ (५) अनुसार सरकार गठन गर्ने प्रयोजनका लागि १४९ सांसदको हस्ताक्षरसहितविपक्षी गठबन्धनका नेताहरु शीतल निवास पुगेका छन् ।
गठबन्धनबाट प्रस्तावित प्रधानमन्त्री तथा कांग्रेस सभापतिसहित माओवादी, जसपा र एमालेको माधव कुमार नेपाल समूहका नेताहरु दावी पेश गर्नका लागि शीतल निवास लागेका हुन् । कांग्रेस नेता गगन थापाका अनुसार सेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन एमालेबाट माधव नेपालका २७ सांसदको हस्ताक्षर गरेका छन् ।
संविधानको धारा ७६ (५) अनुसार सरकार गठन गर्ने प्रयोजनका लागि १४९ सांसदको हस्ताक्षरसहितविपक्षी गठबन्धनका नेताहरु शीतल निवास पुगेका छन् ।
गठबन्धनबाट प्रस्तावित प्रधानमन्त्री तथा कांग्रेस सभापतिसहित माओवादी, जसपा र एमालेको माधव कुमार नेपाल समूहका नेताहरु दावी पेश गर्नका लागि शीतल निवास लागेका हुन् । कांग्रेस नेता गगन थापाका अनुसार सेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन एमालेबाट माधव नेपालका २७ सांसदको हस्ताक्षर गरेका छन् ।
उता एमालेका सांसद सुरेन्द्र पाण्डेले आफुहरुको हस्ताक्षर दुरुपयोग भएको बताउनुभएको छ । आफुले सेरबहादुरको समर्थनमा कुनै हस्ताक्षर नगरेको उहाँले बताउनुभएको छ ।
प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार ३ : ५५ बजे
प्रतिक्रिया