प्रतिनिधिसभा बैठक बस्दै, एमसीसी सम्झौताबारे छलफल हुने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।

संसद्मा टेबल भएको अमेरिकी सहयोग परियोजना (एमसीसी)बारे छलफल छलफलका गर्न आज दिउँसो १ः०० बैठक बस्न लागेको हो ।

एमसीसी सम्झौताबारे छलफल गर्नका लागि बिहीबारका लागि बोलाइएको बैठक स्थगित गरी आजका लागि सारिएको थियो । बिहीबार बैठकको कार्यसूची तय गर्न कार्य व्यवस्था परामर्श समितिको बैठक समेत बसेको थियो तर अन्तिम समयमा आएर संसद् बैठक आजलाई सारिएको हो।

आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसिसीमाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको छ।

आजको बैठकको सम्भावित कार्यसूचीको अर्को बुँदामा प्रधानमन्त्री शेरबहादुर देउवाले महान्याधिवक्ताको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७/७८ पेश गर्नुहुने कार्यक्रम राखिएको छ ।

हाल प्रतिनिधिसभामा २७१ सदस्य कायम छन् । एमालेका ९८, काँग्रेसका ६१, सभामुखसहित माओवादीका ४९, एकीकृत समाजवादीका २३, जसपाका १९, लोसपाका १३ र राप्रपा, जनमोर्चा, नेमकिपा र स्वतन्त्र एक–एक सांसद हुनुहुन्छ ।

प्रतिनिधिसभामा अहिलेसम्म नेपाली काँग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी एमसिसी पारित गर्नुपर्ने पक्षमा छन्। 

नेकपा (माओवादी केन्द्र) र नेकपा –एकीकृत (समाजवादी) विपक्षमा छन्।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले भने आफूले कारबाही गरेको १४ सांसदको सूचना टाँस नभएको विरोधमा लामो समयदेखि संसदीय प्रक्रियामा भाग लिएको छैन। उसले प्रतिनिधि सभाको बेल घेराउ गर्दै नाराबाजी गर्दै आइरहेको छ।

 

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ७ : ३५ बजे