डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

देउवा-ओलीबीच पुन: छलफल सुरु

काठमाडौं – सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी एमालेले छलफललाई तीब्रता दिएका छन् । एमसीसी विवादले सत्तारुढ गठबन्धन फुटको संघारमा पुगेसँगै ठूला दुई दलले आपसी छलफललाई तीव्रता दिएका हुन् ।

बिहीबार दिउँसो भेट गरेका कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच पुन: भेटवार्ता भएको छ ।

एमाले अध्यक्ष ओली नेताहरूसहित प्रधानमन्त्री देउवासँग छलफलका लागि पुन: बालुवाटार पुग्नुभएको छ । ओलीसँगै एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय विष्णुप्रसाद पौडेल र सुवास नेम्वाङ्ग पनि हुनुहुन्छ । 

कांग्रेसका महाममन्त्री गगनकुमार थापासहितका नेताहरू पनि छलफलमा सहभाागी छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  ८ : २९ बजे