डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

सबै कुरा सकिएपछि फुटाएर काम चलाउने खुत्रुके एमाले होइन : नेम्वाङ

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले नेकपा माओवादी केन्द्रसँग सकारात्मक रूपमा छलफल अघि बढेको बताउनुभएको छ ।

बिहीबार साँझ माओवादी केन्द्रसँगको बैठकपछि संसद भवन नयाँ बानेश्वरबाट बाहिरिने क्रममा नेता नेम्वाङले छलफललाई निरन्तर अघि बढाउने सहमति भएको बताउनुभयो । 

माओवादीसँग पुनः सहकार्य हुन लागेको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा भने उहाँले परिस्थिती त्यो लेभलमा नपुगेको बताउनुभयो । 

उहाँले धेरै समय पश्चात् यो तहमा गम्भिर भएर छलफल भएको भन्दै माओवादीसँग पुनः छलफल गर्दै जाने बताउनुभएको छ ।

नेम्वाङले एमसीसीबारे छलफल भइरहेको भन्दै उपयुक्त विन्दुमा पुगेर निर्णय गर्ने बताउनुभयो । उहाँले आफूहरु खुत्रुके जस्तो सबै कुरा सकिएपछि फुटाएर काम चलाउने पक्षमा नरहेको भन्दै  संविधान र पद्धतिसँग आफूहरु नजिक रहेको बताउनुभयो । 

'अध्यक्ष ओलीको भाषामा भन्दा हामी हामी खुत्रुकै होइनौँ, सबै कुरा सिदिएपछि फुटाएर काम चलाउने,' नेम्वाङले भन्नुभयो , 'हामी यो देशको संविधान र सिस्टमसँग नजिक छौँ ।'

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  ७ : ३९ बजे