डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

भोलिसम्म सरकारबाट बाहिरिन्छाै : झलनाथ खनाल

काठमाडौं । नकेपा एसका नेता झलनाथ खनालले  भोलि (शुक्रबार)सम्म सरकारबाट बाहिरिने बताएका छन्। खनालले परिस्थिति हेरेर भोलीसम्ममा सरकार छोड्ने बताउनुभएको हो । 

नेपाली कांग्रेस एमसीसी पारित गर्ने पक्षमा दरो रुपमा उभिएपछि गठबन्धनमा सहभागी नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट सरकारबाट अलग हुने तयारीमा छन् ।  

एमसीसीका विषयमा विपक्षमा उभिने भएपछि सरकारमा बस्नुको औचित्य नरहेकोले सरकार छोड्न लागेको खनालको भनाई छ ।  

एकीकृत समाजवादीबाट चार मन्त्री र एक राज्य मन्त्री छन्। जसमा विरोध खतिवडा स्वास्थ्य मन्त्री,प्रेम आले पर्यटन मन्त्री, किसन श्रेष्ठ श्रम मन्त्री,रामकुमार झाक्र्री सहरी विकास मन्त्री छन्।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  ६ : ०५ बजे