रुकुममा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु 

रुकुम । रुकुम पूर्वको भुमे गाउँपालिका–४ झिंगेटारमा बा.२ क ७०१८ नम्बरको लामा कन्स्ट्रक्सनको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

बिहीबार विहान ढुंगा झार्ने क्रममा टिपर आफैँ अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेको थियो । 

दुर्घटनामा टिपरले च्यापिएर बाटोमा काम गर्ने २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरूमा पुथाउत्तर गंगा गाउँपालिका–१४ बस्ने २५ वर्षीय गोबिन्द वुढा र भुमे गाउँपालिका–५ उपल्लो साकिम बस्ने २५ वर्षीय दामु वुढा रहेका छन् । 

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल रुकुमकोटमा उपचारको क्रममा मृत्यु भएको हो । 

टिपरले च्यापिएर घाइते भएका दोलखा घर भएका ३५ वर्षीय सोही कन्स्ट्रक्सनका सव ईन्जिनियर ध्रुव घिमिरे, टिपर चालक लगायत ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।  

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  ५ : २५ बजे